२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न अस्पताल व्यवस्थापन समिति अध्यक्षसहितका पदाधिकारी नियुक्त

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न अस्पतालका पदाधिकारी नियुक्त परेको छ । 

मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बलराम जैसी भट्टलाई नियुक्त गरिएको जानकारी दिए । 

समितिको सदस्यमा दिनेशराज भट्ट, सरिताकुमारी चौधरी, निरञ्जन शाह नियुक्त भएका छन् । व्यवस्थापन समितिमा रिक्त तीन सदस्य पद नियुक्त गर्न बाँकी रहेको उनले बताए । 

 यसैगरी डडेल्धुराको जोगबुढा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कैलाशसिंह धामीलाई नियुक्त गरिएको छ । समितिको सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, महादेव भट्ट, वसन्ती पाण्डेय र कमलापति जोशी नियुक्त भएका छन् । 

यस्तै, कैलालीको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर विष्ट नियुक्त भएका छन् । समितिको सदस्यमा शशिरा शाही, धीरेन्द्र थापा, भीम थारु र हिमालय स्वाँर नियुक्त भएका छन् । 

मन्त्रालयका सचिव रेग्मीका अनुसार यी अस्पतालमा करिब एक वर्षदेखि व्यवस्थापन समितिका पद रिक्त रहेका थिए । सुदूरपश्चिम प्रदेश अस्पताल व्यवस्थापन गठन आदेश अनुसार मन्त्रिस्तरीय निर्णयबाट समितिका पदाधिकारी नियुक्त गरिएका हुन् । 

अब प्रदेशका विभिन्न छ जिल्ला अस्पताल, टीकापुर अस्पताल र महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त गर्न बाँकी रहेको जनाइएको छ ।