काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज ४.४४ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.४४ अंकले बढेर २८२४.८९ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा १०२ वटा स्क्रिप्सको ४३ हजार ७०७ कित्ता सेयर १ करोड ४२ लाख ९२ हजार ९८४ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये ५६ वटा स्टक्सको मूल्य बढ्दा ३२ वटाको घटेको छ । १० वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







