२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनद्वारा दुई परीक्षण उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अ+ अ-

बेजिङ । चीनले पृथ्वी अवलोकनसम्बन्धी प्रविधिको परीक्षणका लागि दुई वटा नयाँ परीक्षण उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट शुक्रबार बिहान उक्त उपग्रहहरू प्रक्षेपण गरिएको हो । बेइजिङ समयअनुसार बिहान ६ बजेर ३३ मिनेटमा लङ मार्च-२डी नामक रकेट प्रयोग गरी उपग्रहहरू अन्तरिक्षतर्फ पठाइएको थियो ।

प्रक्षेपणपछि ती दुवै उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रवेश गरेका छन् । यसलाई चीनको अन्तरिक्ष कार्यक्रमका लागि अर्को सफल उपलब्धि मानिएको छ ।

प्रक्षेपित उपग्रहहरू परीक्षण प्रकृतिका हुन् र मुख्य रूपमा पृथ्वी अवलोकनसम्बन्धी प्रविधिको परीक्षण तथा प्रमाणीकरणका लागि प्रयोग गरिने जनाइएको छ । 

वैज्ञानिकहरूले यसबाट विभिन्न अन्तरिक्ष प्रविधि, उपकरण र प्रणालीहरूको कार्यक्षमता परीक्षण गर्ने अपेक्षा गरेका छन् ।

यस प्रकारका उपग्रहहरूले पृथ्वीको सतह, वातावरण तथा अन्य प्राकृतिक अवस्थाबारे महत्त्वपूर्ण जानकारी संकलन गर्न सहयोग पुर्‍याउँछन् । प्राप्त तथ्यांक भविष्यमा वैज्ञानिक अनुसन्धान, मौसम अध्ययन, विपद् व्यवस्थापन तथा अन्य अन्तरिक्ष प्रविधिको विकासमा उपयोगी हुन सक्छ ।

यस प्रक्षेपणसँगै लङ मार्च रकेट शृङ्खलाको ६३२औँ उडान अभियान सफलतापूर्वक सम्पन्न भएको छ। चीनले पछिल्ला वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइरहेको छ र विभिन्न वैज्ञानिक तथा प्राविधिक प्रयोगका लागि नियमित रूपमा उपग्रह प्रक्षेपण गर्दै आएको छ ।