२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले स्वच्छ र स्वस्थ वातावरणका सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरुले प्रत्याभूत गरेका प्रावधानहरूको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले प्रत्येक नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारको सुनिश्चित गर्ने, गराउने कार्यमा थप जिम्मेवार हुन तीनै तहका सरकार, निजी प्रतिष्ठान तथा सम्बन्धित सबैमा आग्रह गरेको हो । आयोगका प्रवक्ता डा.टीकाराम भट्टराईले भने, “साथै, आफ्नो स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावप्रति सचेत रहनसमेत आयोग सर्वसाधारणलाई अनुरोध गर्दछ ।”

पछिल्ला वर्षमा नेपाल वायु प्रदूषित देशहरूको विश्वव्यापी सूचीको अग्रस्थानमा परिरहेको अवस्थामा यस वर्ष पनि विगत केही दिनदेखि प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा असर पर्न पुगेको अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

खडेरी, वन डढेलो, इन्धनका रूपमा ग्रामीण क्षेत्रमा काठ, दाउरा तथा गुइँठाको प्रयोग, पुराना सवारीसाधन, उद्योग, अन्तरदेशीय वायु प्रदूषण आदिजस्ता कारण काठमाडौँ उपत्यकालगायत देशभरका अधिकांश स्थानमा वायु गुणस्तरको पिएम २.५ र पिएम १० को तहमा रहेको छ ।

आयोगले राष्ट्रिय तथा विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा निकै उच्च रहेको तथ्यांक सार्वजनिक भएको भने आयोगको प्रारम्भिक अनुगमनका क्रममा नेपालमा स्थापित वायु गुणस्तर मापन गर्ने ३० वटा संयन्त्रमध्ये ११ वटा संयन्त्रले मात्रै अनलाइन ‘रिअल टाइम’ वायु गुणस्तर अध्यावधिक तथ्यांक दिइरहेको पाइएको जनाएको छ ।

वायु प्रदूषणका कारण फोक्सोको रोग, मुटुको रोग, मस्तिष्काघात, श्वासप्रश्वास प्रणालीमा सङ्क्रमणजस्ता स्वास्थ्य समस्या हुने गरेको देखिएको छ भने नेपालमा प्रतिवर्ष २६ हजार व्यक्तिको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

“आयोगले गरेको अनुगमनमा काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ समेत प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिएन”, आयोगले भनेको छ, “वायु गुणस्तरसम्बन्धी कार्यक्रम दातामुखी हुनु, अध्यावधिक तथ्यांकको अभाव, अन्तरतह सरकार तथा अन्तरनिकाय समन्वय प्रभावकारी हुन नसक्नुजस्ता कारण वातावरण संरक्षणको कार्यमा प्रभावकारिता आउन नसकेको देखिन्छ ।”