२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुन: आयात गरिँदै

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब २५ हजार मेट्रिकटन मल आयात गर्ने भएको छ । चालु आवमा चार लाख ६६ हजार मेट्रिकटन मल साल्टट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीमार्फत आयात गरेको मन्त्रालयले मलको अभावलाई कम गर्ने उद्देश्यले २५ हजार मेट्रिकटन मल आयातका लागि पुन: बोलपत्र आह्वान गरेको हो ।

गत वर्षको तुलनामा अन्तरराष्ट्रिय बजारमा मलको मूल्यमा भएको वृद्धिले यस वर्ष ५९ हजार मेट्रिकटन मल आयातमा कमी हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

सरकारले मलका लागि अनुदानस्वरूप विनियोजन गरेको रु २८ अर्ब ८२ करोडको बजेटबाट चालु आवमा चार लाख ९१ हजार मेट्रिकटन मल आयातमा हुने मन्त्रालयले जनाएको छ । बोलपत्र आह्वान गरिएको मलमध्ये केही परिमाण आएको तथा केही परिमाण आयातको प्रक्रिया पूरा गरी आउने क्रममा बाटोमा छ ।

मन्त्रालयले चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेकामा बजेट अपुग भएपछि वैकल्पिक स्रोत खोजी गरेको थियो । वैकल्पिक स्रोतबाट पनि रकम जुटाउन सकिएको थिएन ।

केही स्थानमा मात्र चैते धानखेती हुने भएकाले सो मल आयात भएपछि किसानलाई उपलब्ध गराउन समस्या नहुने उनले जानकारी दिए । पछिल्लो समय आह्वान गरिएको बोलपत्रअनुसार मल आयात भएपछि चालु आवमा चार लाख ९१ हजार मल वितरण किसानलाई गर्न सकिन्छ । देशभर बजारमा हाल मलको अभाव नरहेकाले किसानलाई खेती तथा बाली लगाउन समस्या नहुने मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनीले रासायनिक मलको करिब ७० प्रतिशत हिस्सा र साल्टट्रेडिङ लिमिटेडले ३० प्रतिशत हिस्सा आपूर्ति तथा बिक्री गर्दै आएको छ ।

स्वदेशमा रासायनिक मल उत्पादन नहुँदा अन्तरराष्ट्रिय ग्लोबल टेन्डरका माध्यमबाट अन्तरराष्ट्रिय बजारबाट खरिद गर्ने गरिएको छ । मल कलकत्ता, हल्दियालगायत स्थानबाट ल्याइने तथा देशका विभिन्न गोदामस्थल विराटनगर, वीरगञ्ज, भैरहवामा मौज्दात गरी देशभर मागको अनुपातमा आपूर्ति तथा बिक्री गरिन्छ । अन्तरराष्ट्रिय बजारबाट विद्युतीय खरिद प्रणाली (इविडिङ)मार्फत आपूर्ति गर्दा प्रक्रिया लामो भएर समयमा मल उपलब्ध गराउन समस्या हुने गरेको छ ।

विसं २०७८ को कृषिगणनाअनुसार कृषक परिवारमध्ये ७६ प्रतिशत कृषक परिवारले धानबालीमा रासयनिक मल प्रयोग गरेको जनाइएको छ ।