२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्यान्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा

अ+ अ-

भैरहवा । लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्यान्डका करिब ३०० भिक्षुहरूले पदयात्रा सुरुआत गरेका छन् ।

‘चारिक थुडोङ बुद्ध भूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट सुरु भई दुई दिन एक रातको पैदल यात्रापछि रामग्राम पुग्ने कार्यक्रम रहेको छ । पहिलो रात भैरहवास्थित शान्ति बौद्ध गुम्बामा बस्ने र अर्को दिन रामग्राम स्तुप पुग्ने कार्यक्रम रहेको छ ।

पदयात्रा टोलीका प्रमुख आचार्य चालान अनङ्कानोले बुद्ध भूमि लुम्बिनीबाट यात्रा सुरु गर्न पाउनु आफूहरूका लागि ठूलो सौभाग्य भएको बताए। उनले यो यात्रा मन र आत्मालाई शुद्ध पार्ने, धर्मको अभ्यास गर्ने तथा समाजमा करुणा र दयाको भावना फैलाउने उद्देश्यले आयोजना गरिएको जानकारी दिए।

“हामी बुद्धका पाइलाहरू पछ्याउँदै धर्म अभ्यास गर्न यहाँ आएका हौँ”, उनले भने, “लुम्बिनीजस्तो पवित्र स्थलको संरक्षण गरिदिने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई साधुवाद र धन्यवाद व्यक्त गर्दछौँ ।” थाइल्याण्डको श्रीसाकेत प्रान्तस्थित ‘उद्यान धाम डोंग याङ’ बाट आएका भिक्षुहरूको टोलीको नेतृत्व आचार्य चरन अनङ्खानोले गरेका छन्। टोलीमा थाइल्यान्डका भिक्षुहरूका साथै लाओस, मलेसिया र भियतनामका भिक्षुहरू पनि सहभागी छन् ।

भन्ते विचयाका अनुसार यो पदयात्रा मुख्यतः शान्ति र आत्म अनुशासनको अभ्यासका लागि गरिएको हो । “मानिसले आफ्नो जीवनमा सहनशीलता र आत्म नियन्त्रण कति महत्त्वपूर्ण छ भन्ने अनुभव गर्न यस्तो यात्रा सहयोगी हुन्छ”, उनले भने।

पदयात्राका सहभागीहरू प्रत्येक पाइला सचेतना सहित हिँड्दै करुणा र मैत्री भावको अभ्यास गर्ने लक्ष्यका साथ यात्रा गरिरहेका छन् । आयोजकका अनुसार यो यात्रा बुद्ध धर्मका अनुयायीहरूले बुद्धका जीवन र शिक्षालाई स्मरण गर्दै आध्यात्मिक साधना गर्ने अवसर पनि हो ।

रामग्राम पुगेपछि टोली भारततर्फ प्रस्थान गरी कुशीनगर, वैशाली हुँदै बोधगयासम्म पैदल यात्रा गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस प्रकारको पदयात्रा आचार्य चरन अनङ्खानोको नेतृत्वमा हरेक वर्ष आयोजना हुँदै आएको टोलीमा सहभागी स्वयंसेवक अकनन्ले जानकारी दिए ।