काठमाडौँ । अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले आज इरानमाथि अत्यन्त शक्तिशाली आक्रमण हुने दाबी गरेका छन्। उनले इरानका नयाँ सर्वोच्च नेतालाई पनि चेतावनी दिएका छन्।
पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री हेगसेथले भने, ‘आज इरानमा अत्यन्त शक्तिशाली आक्रमण हुनेछ। सबैभन्दा धेरै लडाकु विमान, सबैभन्दा धेरै बमवर्षक विमान र सबैभन्दा बढी आक्रमण हुनेछन्।’
हेगसेथका अनुसार इरानी सरकारले तीव्र गतिमा परमाणु बम बनाउने प्रयास गरिरहेको छ। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो हुन नदिने बताएका छन्।







