२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एन्फाद्वारा खेलाडी संघसँग वार्ताको आह्वान, तालाबन्दी खोल्न आग्रह

अ+ अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो सदस्य संस्था नेपाल फुटबल खेलाडी संघले सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एन्फाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिन २४ गते कुनै पूर्व जानकारी र संवाद बिना गरिएको तालाबन्दीले खेलकुद संस्थाबीचको सहकार्यमा नकारात्मक प्रभाव पर्ने बताएको छ।

संघले मातहत संस्थाहरूसँग संवादको ढोका सधैँ खुला रहेको उल्लेख गर्दै ‘ए’ डिभिजन लिग सञ्चालनका विषयमा सहभागी क्लबहरू र खेलाडीबीच निरन्तर संवाद भइरहेको जनाएको छ।

यस्तै, राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने तयारी गरिएको पनि एन्फाले जनाएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकट बिक्रीबाट आएको केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा एन्फा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

खेलाडीहरूको पुरस्कार, तलब तथा भत्ताको विषयमा भने वर्तमान कार्यसमितिले घोषित पुरस्कार पूर्ण रूपमा भुक्तानी गरिसकेको र अघिल्ला कार्यसमितिले बाँकी राखेका पुरस्कार रकम पनि आन्तरिक स्रोतबाट क्रमशः भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको एन्फाले जनाएको छ।

एन्फाले तालाबन्दीका कारण ‘ए’ डिभिजन लिग, एन्फा यू-१६ लिग, महिला लिग, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा नेपाल र लाओसबीच हुने एएफसी एसियन कप छनोट खेलजस्ता महत्त्वपूर्ण प्रतियोगिताको तयारी प्रभावित हुन सक्ने चेतावनी दिएको छ।

एन्फाले खेलाडी संघलाई तालाबन्दी तत्काल खोल्दै संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै नेपाली फुटबल गतिविधि प्रभावित भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै वहन गर्नुपर्ने जनाएको छ।

साथै, एन्फाले आफ्नो भौतिक संरचना र नियमित गतिविधिको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग सहयोग माग्ने पनि जनाएको छ।