सिरहा । सिरहा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। यस क्षेत्रका मुख्य निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार यादवले ३६ हजार २१० मत प्राप्त गरी विजयी भएका हुन् ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा यादवका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अजयशंकर नायकले सात हजार ९७२ मत प्राप्त गरे । यस्तै जनमत पार्टीका डा. वीरेन्द्रप्रसाद महतोले पाँच हजार ४१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का धर्मनाथ साह चार हजार २२७ मतसहित चौथो स्थानमा रहे।
यस निर्वाचन क्षेत्रमा कुल एक लाख छ हजार ६८६ मतदातामध्ये ७० हजार ७७ मत खसेको थियो । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।







