२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको छ: सांसद वाग्ले

अ+ अ-

दमौली (तनहुँ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं नवनिर्वाचित सांसद डा स्वर्णिम वाग्लेले मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको बताएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन तनहुँ क्षेत्र नं १ मा निर्वाचित भएर शनिबार प्रमाणपत्र ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई सही बाटोमा हिँडाउने जिम्मेवारी जनताले पार्टीलाई दिएको उल्लेख गरे ।

अहिलेको निर्वाचनको परिणाम सौम्य शान्तिपूर्ण क्रान्ति भएको बताउँदै सांसद वाग्लेले भने, “एकथोपो रगत नबगाइकन जनता जनार्दन हुन्छन् भनेर चर्चा गरेको प्रणाली गोप्य मतदानमार्फत जनताले सन्देश प्रवाह गरेका छन् । यसको महत्व रहेको छ । यसको ऐतिहासिक गाम्भीर्यतालाई बुझेर मुलुकलाई सही बाटोमा अगाडि बढाउनुपर्नेछ ।”

सांसद वाग्लेले ठूलो जिम्मेवारी काँधमा आएको बताउँदै तनहुँका जनताले गर्व गर्न लायक सांसद बन्ने बताए। आम जनताले गरेका आशा थिति बसाइदिनुहोस्, सुशासन कायम होस् भन्ने अपेक्षा पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

जेनजेड आन्दोलनको जगमा भएको परिवर्तनको सम्बोधन गरिने बताउँदै उनले युवाहरूले आशा गर्न लायकको मुलुक बनाउने लक्ष्य रहेको बताउँदै त्यसलाई न्याय हुनेगरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका थिए ।