काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल प्रारम्भिक मतगणनामा अग्रस्थानमा देखिएका छन् ।
हालसम्म गनिएका चार हजार २३४ मतमध्ये अर्यालले दुई हजार २४४ मत प्राप्त गरेको निर्वाचन अधिकृत मेनुका घिमिरेले जानकारी दिएकी छिन् ।
नेपाली कांग्रेसकी उम्मेदवार नानु बास्तोलाले २६१ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन् ।
बलम्बुस्थित नगरपालिका भवनमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।







