२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीको नाममा ठगी

अ+ अ-

उदयपुर । युवालाई रोजगारीका लागि विदेश पठाइदिने भन्दै सदरमुकाम गाईघाटमा रहेका केही मेनपावर र दलालले ठगी गर्ने गरेका छन् ।

रोजगारीमा पठाइदिने र राम्रो तलब दिलाउने भन्दै सर्वसाधारणबाट मोटो रकम लिएर विदेश पठाएपनि विदेशमा सम्झौताअनुसारको काम र तलब नपाएर उनीहरुको बिजोग हुने गरेको छ ।

जाँतेका केशर रार्ईलाई डेढ वर्षअघि गाईघाटकै एक मेनपावरले राम्रो काम र तलब दिने सर्तमा रु एक लाख ७० हजार लिएर साउदी अरब पठायो । भनेजस्तो काम र तलब नपाएपछि उनी स्वदेश फर्किए ।

यस्तै, चौदण्डी नगरपालिका– ३ हँडियाका किशोर चौधरी दुई वर्षअघि गाईघाटको सनलाइट ओभरसिजबाट साउदी अरब जानुभयो । उनले एक हजार ५०० रियाल तलब दिने भनेपनि ५०० रियालमात्र पाए।

“साउदी अरब पुगेपछि मात्र गैर कानूनी रुपमा विदेश आएको थाहा पाएँ,” उनले भने ।

गाईघाटस्थित विभिन्न मेनपावरले सर्वसाधारणलाई ठगेर विदेश पठाउने गरेको पाइएको छ । जिल्ला समन्वय समिति वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास योजनाका संयोजक सोनम राई सात महिनामा स्थानीय मेनपावरविरुद्ध ३१ वटा ठगीका मुद्दा परेको बताउँछन् ।

ठगीमा परेका ३१ मुद्दामध्ये १२ वटामा आफूहरुले प्रशासन र प्रहरीसँग मिलेर कारबाही गराएर विदेशमा ठगिएकालाई घर फर्काइ न्याय दिलाएको संयोजक राईले बताए । गाईघाटमा मेनपावर स्थानीयले नै अवैधरुपमा दर्ता नै नगरी सञ्चालन गर्दै आएका छन् ।