२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ३८ अंकले बढ्यो

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ३८ दशमलव ५२ अंकले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो ।

आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० बराबरको कारोबार भएको छ ।

व्यापार समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ६४, विकास बैंक एक दशमलव ५९, वित्त एक दशमलव ४३, होटल तथा पर्यटन एक दशमलव ६०, जलविद्युत् दुई दशमलव १३ र लगानी समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । 

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ४९, लघुवित्त एक दशमलव ६६, म्युचुअल फन्ड शून्य दशमलव ८२, निर्जीवन बीमा एक दशमलव ११ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले बढेको छ ।

सलपा विकास बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने शुभम् पावर लिमिटेडको शेयर मूल्य दुई दशमलव ३२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ३४ करोड ६५ लाख ३० हजार ३७९ बराबरको नौ लाख ३६ हजार ३४७ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ ।