२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

अ+ अ-

भजनी (कैलाली) । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन्। सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उनले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आएका हुन् ।

उनले त्यस क्षेत्रमा प्याजखेतीलाई प्राथमिकता दिएका छन् । उनको प्याजखेती निकै लोभलाग्दो छ । बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आएका उनले प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटरसमेत उत्पादन गरेका छन् । “बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ । प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ ।” उनी भन्छिन्, “खाली खेर गइरहेको बगरको सदुपयोग भएको छ, स्थानीयको आम्दानीको स्रोत बनेको छ ।”

कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपास क्षेत्रमा आजभोलि हरियाली छ । ढुंगा नभएको बालुवा भएको क्षेत्रमा सानासाना प्लट बनाइएका छन् । जहाँ लहरै प्याजको खेती छ । वडा नं ८ फाँटागाउँका ५०–६० घरपरिवारले कर्णाली नदी किनार तथा टापुमा प्याजखेती गर्दै आएका छन् । बर्सेनि उक्त सङ्ख्या बढ्दै गएको देखिन्छ । बगरबाट बर्सेनि लगभग ७०० क्विन्टल बढी प्याज उत्पादन हुने गरेको छ । “एक परिवारले न्यूनतम पाँच–छ क्विन्टल प्याज उत्पादन गर्छन् । उत्पादन सोचेभन्दा राम्रो हुन्छ ।” स्थानीय सम्झनी चौधरी भन्छिन्, “अहिले बगरमा खेती गर्ने किसानको सङ्ख्या पनि बढेको छ । पहिलेको भन्दा क्षेत्र पनि बढेको छ ।” उनले अन्य खेतबारीमा लगाएको प्याजभन्दा बगरमा गरेको प्याजको उत्पादन राम्रो हुने गरेको बताईन् ।

टीकापुर नगरपालिका–८ बटनपुरकी सम्पुर्नी चौधरीले पहिलोपटक नदीको टापुमा प्याजखेती गरेकी छिन् । गत वर्ष अरुले खेती गरेको देखेर यसपटक पाँच केजी प्याज लगाएकी उनले सोचेभन्दा राम्रो उत्पादन दिनेमा विश्वस्त छन् । हरेक बिहान प्याज सिँचाइ गर्न पुग्ने सम्पुर्नीलाई आजभोलि अलि बढी खेती गरेको भए हुने थियो भन्ने लागेको छ । “मैले अपेक्षा गरेभन्दा राम्रो गरी प्याज फस्टाएको छ । बालुवाभित्रको जमिन ओसिलो हुने हुँदा होला, घामपानीको मात्रा मिलेको देखिन्छ”, सम्पुर्नी भन्छिन्, “मैले घरमा लगाएको प्याजभन्दा राम्रो बगरको भएको छ ।”

बटनपुरकै पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याजखेती सुरु गरेकी छिन्। खेर गइरहेको बगरबाट उत्पादन हुन्छ भन्ने थाहा पाएपछि उनले आफूलाई घरका लागि चाहिने जति प्याज रोपेकी छिन् । “मलाई बिक्री गरेर आम्दानी गर्नुभन्दा पनि आफूलाई वर्षभरि पुग्ने प्याज उत्पादन भए पुग्छ”, उनी भन्छिन् “बरु अर्को वर्ष बिक्री गर्नेगरी लगाउनुपर्ला ।” बगरमा नयाँ किसानले परीक्षण गर्न भन्दै प्याजखेती गर्ने गरेको भए पनि विगतदेखि खेती गर्दै आएका किसानले व्यावसायिक रूपमा नै बगरको सदुपयोग गर्दै आएकी छन् । खेती गरेबापत कसैलाई केही दिन नपर्ने भएपछि किसानले झन् उत्साहित भएर खेती विस्तार गर्दै आएकी छन् ।

अस्वाभाविक रूपमा बगरबाट आम्दानी गर्न थालेपछि त्यस क्षेत्रका नागरिकहरू निकै उत्साहित छन् । सामान्य मलखाद अनि कम मिहेनतले राम्रो आम्दानी हुने गरेको छ । वर्षातका समयमा त्यहीँ कर्णाली नदीका कारण रातभर जाग्राम बस्ने वस्ती आजभोलि त्यहीँ कर्णाली नदीका बालुवाका फाँटको उत्पादनले वर्षात्को पीडा बिर्सने गरेका छन् । “वर्षात्को समयमा यहीँ कर्णालीको बेगले जतिबेला जे पनि हुनसक्छ भन्ने चिन्ताले सताउने गर्छ । हिउँदमा निदाएको कर्णालीले स्थानीयलाई राम्रो आम्दानी दिँदै आएको छ ।” स्थानीय बृहस्पति थरूनी भन्छिन्, “किसान आजभोलि त्यो बर्खाको दु:ख सम्झिँदैनन्, बर्खामा आजभोलि दिने उत्पादन बिर्सन्छन् ।”