२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार लौडारीसहित दर्जनौँ युवा काँग्रेसमा समाहित

अ+ अ-

काठमाडौँ। तनहुँ-१ को चुनावी सरगर्मी बढिरहेका बेला स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी त्याग गरी नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

लौडारीको नेतृत्वमा करिब दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली काँग्रेसमा प्रवेश गरेको बताइएको छ।

कुनै पनि किसिमको अवसरवादको पछि नलागी इमानदार नेतालाई सहयोग गर्नु नै आजको आवश्यकता रहेको महसुस गर्दै आफू काँग्रेसमा प्रवेश गरेको लौडारीले स्पष्ट पारेका छन् । उनले भट्टराईको जीत सुनिश्चित गर्न आफ्नो समूहको करिब एक हजार ६ सय मत पूर्ण रूपमा सहयोग हुने दाबीसमेत गरे।

नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उम्मेदवार गोविन्द भट्टराईले आफू नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदाको समय स्मरण गर्दै आफू सधैँ युवा पुस्ताको भावना बुझ्ने र उनीहरूकै प्रतिनिधित्व गर्ने नेता भएको बताए ।

उनले वर्तमान सभापति गगन थापा युवा हुँदा नै आफूले नेविसंघको टिकट दिएर राजनीतिमा अगाडि बढाएको प्रसङ्ग उल्लेख गर्दै युवाहरूलाई नेतृत्वमा ल्याउन आफ्नो सधैँ महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

आफू युवा अवस्थादेखि नै भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहेको चर्चा गर्दै भट्टराईले अहिलेको नयाँ पुस्ताको मुख्य माग सुशासन, भ्रष्टाचारको अन्त्य र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु रहेको र त्यसलाई नै आफूले प्रमुख प्राथमिकतामा राखेको प्रतिबद्धता व्यक्त गरे ।