२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप पौडेलको दाबी : ‘हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन, अतिवाद संस्थागत हुन दिँदैनौँ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरूको प्रतिस्पर्धा नभएको बताएका छन् ।

सामाखुसीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अतिवाद संस्थागत हुन नदिने बताए । अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उनले काँग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेन जेड आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताए ।

’काँग्रेस अधिकारका लागि लामो समयदेखि बलिदान गरेको पार्टी हो,’ उनले भने,‘को पहिले जन्मियो त्यस आधारमा पुरानो हुँदैन । काँग्रेसलाई पहिले जन्मिएर नयाँ ढंगबाट नागरिकको विश्वास जितेर अघि बढेको रूपान्तरित पार्टीका रूपमा बुझ्नुपर्छ ।’

सभामा बोल्दै महामन्त्री पौडेलले देशमा देखिएका समस्यासँग आफूहरूको लडाइँ रहेको बताए ।

‘हामी अर्कालाई आलोचना गर्न होइन गरिबी, बेरोजगारी, भ्रष्टाचार कुशासन परास्त गर्न चाहन्छौँ,’ उनले भने,‘काँग्रेसले अब देशमा समस्याका रूपमा देखिएका यी सबै परास्त गरेर सुशासन र समृद्धिको नेतृत्व गर्न चाहन्छ ।’

नेपाली काँग्रेस कमी कमजोरी स्वीकार गरेर अघि बढेको पार्टी भन्दै उनले नेतृत्व मात्र नयाँ नभै विषयगत रूपमा समेत प्रष्ट बनेर आएकाले यसलाई आम मतदाताले ख्याल गर्नुपर्ने बताए ।

‘नेतृत्व मात्र नयाँ आएको विषय सामान्य होला,’ उनले भने,‘तर विचारगत पक्षबाट नयाँ भएको गम्भीर विषय हो । यसलाई मतदाताले ख्याल गर्नुपर्छ ।’

विगतमा दलहरू मिलेर बनेको गठबन्धनले नागरिकको छनोटको सुविधा साँघुरो बनाएको भन्दै विचार नमिल्ने दलका सदस्यको भोट एकै ठाउँमा राखेर जित्ने परिस्थितिले विचार विजयी भएको मान्ने स्थिति नबनेकाले आफूहरूले त्यो हटाएको बताए ।

महामन्त्री पौडेलले नागरिकको अपेक्षाअनुसार बोझिलो राज्य संरचनालाई छरितो बनाउनुपर्ने बताए ।

‘अब २७५ को संसद २०१ मा ल्याइनुपर्छ । संघीय मन्त्री मण्डल २५ बाट १५ मा झार्नुपर्छ । प्रदेशका ३ देखि ५ सम्मको मन्त्रीमण्डल बनाउनुपर्छ । संघीयता हटाउने हैन बोझिलोलाई छरितो बनाउनु जरुरी छ,’ उनले भने ।

सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्माले पनि सम्बोधन गरेका थिए ।