२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

अ+ अ-

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ। 

बिहीबार अमदावादमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि नौ विकेटको शानदार जित निकालेको हो। यो जितसँगै दक्षिण अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ। 

वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो। 

दक्षिण अफ्रिकाका लागि कप्तान तथा ओपनर एडिन मक्रमले नटआउट ८२ रन र रयान रिकेल्टनले नटआउट ४५ रन बनाए। मक्रमले ४६ बल खेलेर ७ चौका र ४ छक्का तथा रिकेल्टनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। 

त्यसअघि अर्का ओपनर क्वान्टन डि कक २४ बलमा समान ४-४ चौका र छक्का प्रहार गर्दै ४७ रन जोडेर आउट भएका थिए। 

टस जितेको दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको सुरुवात राम्रो हुन सकेन। 

चौथो ओभरमा महत्वपूर्ण चार विकेट गुमाएको वेस्ट इन्डिज १०।२ ओभरमा ७ विकेट गुमाएर ८३ रनमा थियो। 

त्यसपछि वेस्ट इन्डिजका लागि जेसन होल्डर र रोमारियो शेफर्डले आठौं विकेटका लागि ८९ रनको साझेदारी गरे। जसका कारण उसले ८ विकेटको क्षतिमा १७६ रन बनायो। 

होल्डरले ३१ बलमा ४९ रन र शेफर्डले ३७ बलमा नटआउट ५२ रन बनाए। होल्डरले ४ चौका र ३ छक्का तथा होल्डरले ३ चौका र ४ छक्का प्रहार गरेका थिए। 

बलिङमा दक्षिण अफ्रिकाका लुङगी एनगिडीले ३ विकेट लिँदा कागिसो रबडा र कोर्विन बोचले २(२ विकेट लिए। एनगिडी र रबडा दुवैले चार ओभरभित्रै २(२ विकेट लिएका थिए।