२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन अवधिलाई लक्षित गर्दै एलपी ग्यास आयात बढाइयो, एकै दिन १३८ बुलेट भित्रियो

अ+ अ-

काठमाडौँ । आसन्न निर्वाचन अवधिमा आपूर्ति व्यवस्थामा अवरोध नआओस् भन्ने उद्देश्यले नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात परिमाण उल्लेख्य रूपमा वृद्धि गरेको जनाएको छ। निगमका अनुसार सम्भावित माग वृद्धिलाई ध्यानमा राखी देशव्यापी वितरण प्रणालीलाई सुदृढ बनाउने कदम चालिएको हो।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन मार्फत यस वर्षकै उच्च परिमाणमा ग्यास लोड भई मंगलबार नेपालतर्फ पठाइएको जानकारी दिएका छन्। सो दिन विभिन्न डिपोबाट कुल १३८ बुलेट ग्यास लोड भएको र उक्त परिमाण करिब १ लाख ७३ हजार ८०० घरायसी सिलिन्डर बराबर हुने निगमले स्पष्ट पारेको छ।

निगमका तथ्यांक अनुसार भारतका विभिन्न भण्डारण केन्द्रमध्ये बरौनी बाट ३६ बुलेट, मथुरा बाट ३६, पारादीप बाट ४०, दुर्गापुर बाट २४ तथा हल्दिया बाट २ बुलेट ग्यास नेपालका लागि पठाइएको हो।

कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिमा उपभोक्तालाई ग्यास अभावको समस्या नपरोस् भन्ने लक्ष्यसहित आयात व्यवस्थापन नियमित गरिएको उल्लेख गरे। उनले आपूर्ति प्रणालीलाई सहज राख्न निगम सतर्क रहेको र निर्वाचनको समयमा पनि उपभोक्ताले सामान्य रूपमा ग्यास प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।