२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी बनाउने उद्देश्यले प्रगतिको मध्यावधि समीक्षा गरेको छ । समीक्षा कार्यकममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव अञ्जु ढुंगानाले महिला तथा बालबालिकाको संरक्षण र ‘सेफगार्डिङ’ क्षेत्रमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी गराएका थिए ।

रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसिआरसी), रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आइएफआरसी), ब्रिटिस रेडक्रस, अमेरिकन रेडक्रस, फिनिस रेडक्रस, स्वीस रेडक्रस र डेनिस रेडक्रसलगायतका साझेदार राष्ट्रिय सोसाइटी र नेपाल रेडक्रसका प्रतिनिधिले ‘सेफगार्डिङ’ सम्बन्धमा देखिएका चुनौती र संरक्षणका क्षेत्रमा जागरण, उजुरी संकलन, समयमै सम्बोधन र सहायताका विषयलाई अबका दिनमा प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

नेपाल रेडक्रस ‘सेफगार्डिङ’ कार्यक्रम संयोजक सुभेच्छा मानन्धरले संरक्षण र ‘सेफगार्डिङ’ लक्षित सम्पन्न गतिविधिहरू र नेरेसो केन्द्र तथा प्रदेशस्तरीय संगठनात्मक मूल्यांकनबारे जानकारीपश्चात् समूहगत कार्यबाट ‘सेफगार्डिङ’ प्रणाली सुढृढ गर्न रिफरल प्रणाली र गोप्य सूचनादातालाई संरक्षणको विषयमा ध्यान दिने निचोड निकालिएको छ ।

आयोजकको तर्फबाट नेपाल रेडक्रस सोसाइटी संरक्षण, लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलले विगतका संरक्षण गतिविधिबाट सकारात्मक नतिजा आएको बताए । उनले नेपाल सरकारको एकद्वार संकट व्यवस्थापन केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै समुदाय र सहायताकर्मीलाई सबै प्रकारका दुव्र्यवहार र विभेदबाट बचाउने संस्कृति विकास गर्न तथा प्रभावित केन्द्रित अवधारणा लागू गर्न नेरेसोका सबै तहका स्वयंसेवक र कर्मचारीहरूलाई प्रेरित गरिने जानकारी दिए । नेपाल रेडक्रसले यौन शोषण, दुव्र्यवहार तथा उत्पीडन प्रति शून्य सहनशीलताको नीति लिएको छ ।