२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसो घटेसँगै मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढ्न थाले

अ+ अ-

मुस्ताङ । चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको सङ्ख्या घटेकामा फागुन लागेसँगै दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको हो ।

मुक्तिनाथमा फागुन सुरु भएसँगै दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा दर्शनार्थी पर्यटक आउन थालेका मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । उनका अनुसार पुस र माघमा आशिंक रूपमा धार्मिक पर्यटक तथा दर्शनार्थी यहाँ आउने गरेकामा चिसो केही कम भएकाले दर्शनार्थी पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

मुस्ताङमा हिउँदयाम सकिएर गर्मीयाम सुरु हुन थाले पछि मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी तथा धार्मिक पर्यटकको आगमन थप वृद्धि हुने अपेक्षा गरिएको व्यवस्थाक भुसालले बताए। फागुन लागेपछि मन्दिर दर्शन गर्ने भक्तजनको उचित व्यवस्थापन, सरसफाइ, खानपानलगायत पक्षमा ध्यान दिइएको उनको भनाइ छ ।

मुक्तिनाथ दर्शन गर्नका लागि भक्तजनलाई लाईनवद्ध गराउने, दर्शनमा सहज बनाउने, स्वच्छ पानी तथा खानपानलगायत लेक लाग्ने समस्याबाट सुरक्षित रूपमा भक्तजनको सुरक्षाका लागि अक्सिजनसहित स्वास्थ्यकर्मी र स्वास्थ्य क्लिनिकलाई क्रियाशील राखिएको व्यवस्थापक भुसालले जानकारी दिए । उनका अनुसार मुक्तिनाथको चिसोमा १०८ धारा र कुण्डमा स्नान गरेका दर्शनार्थीलाई आगो ताप्ने व्यवस्था गरिएको छ ।

हिन्दू तथा बौद्ध धर्मालम्बीको धार्मिक आस्थाको केन्द्र पवित्र धार्मिकस्थलमा दर्शन गर्नाले जानअञ्जानमा भएका गल्तीमा मुक्त भइने धार्मिक जनविश्वाश रहिआएको छ । भगवान् विष्णुको बासस्थान रहेको मुक्तिनाथधाममा बर्सेनि श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

मन्दिरसम्म पुग्ने धार्मिक पर्यटक तथा दर्शनार्थीको सुविधाका लागि पर्याप्त भक्तजनमैत्री पूर्वाधार नहुँदा समस्या पर्ने गरेको स्थानीय बताउँछन् । मन्दिरको मुख्य प्रवेशद्वार ‘सिङ्गललेन’को भएकाले भक्तजनलाई भीडभाडमा पैदलयात्रा गर्न समस्या हुने गरेको समितिका व्यवस्थापक भुसालले उल्लेख गरे । साथै मन्दिर परिसरमा पर्याप्त मात्रामा शौचालय र चेञ्जिङरुम (कपडा परिवर्तन गर्ने कोठा) नहुँदा पनि भक्तजनलाई समस्या पर्ने गरेको उनको बुझाइ छ ।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले दर्शनार्थीको सुविधाका लागि समितिले आठ वटा योजना अघि बढाउन पुरातत्व विभागसँग स्वीकृतिका लागि प्रस्ताव पठाइसकेको जानकारी दिए । भक्तजनमैत्री पूर्वाधार निर्माणका लागि पुरातत्व विभागमा पठाइएको प्रस्ताव अनुमोदन हुन नसकेकाले पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन नसकिएको उनले उल्लेख गरे।

झापाबाट शैक्षिक भ्रमणमा मुक्तिनाथ आउनुभएकी एञ्जल अधिकारीले यस क्षेत्रको सेताम्मे हिमशृङ्खलाले आकर्षित गरेको धारणा राखे । क्याम्पसका ६२ जना विद्यार्थीसँगै मुक्तिनाथ दर्शन गर्न आएकी उनले पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न पाउँदा गौरान्वित महसुस भएको बताईन ।

यसैगरी नवलपुरका दर्शनार्थी सुनिल पाठकले मुक्तिनाथको १०८ धारामा स्नान गरी मन्दिर दर्शन गर्नाले सबै जानअञ्जानमा भएरगरेका पाप पखालिने जनविश्वाश रहिआएको बताए । नेपालका धार्मिकस्थलमध्ये एक प्रमुख रहेको मुक्तिनाथ क्षेत्रमा देवीदेवताको बासस्थान रहेकाले यसस्थानको महत्व अधिक रहेको उनले उल्लेख गरे ।

पछिल्लो समय राष्ट्रिय गौरवको ९बेनी(जोमसोम) सडकमार्ग सहज भइसकेकाले पनि मुस्ताङ र मुक्तिनाथ दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो । मुस्ताङमा धार्मिक पर्यटकको सङ्ख्या बढेसँगै यहाँको पर्यटन व्यवसायसमेत चलायमान बन्दै जान थालेको छ । मुक्तिनाथमा दर्शन गर्न भारतीय पर्यटकको बाक्लो उपस्थिति रहँदै आएको छ ।

मुस्ताङमा चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २२ हजार ५५८ जना पर्यटक भित्रिएका छन् । यसअघि आव २०८०/८१ मा चार लाख ५४ हजार ३२६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । गत आवमा यहाँ सात लाख पाँच हजार ७७९ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ ।

मुक्तिनाथमा विशेषगरी चैते दसैँको सोह्र श्राद्धदेखि औँसी र चैते दसैँसम्म तथा बडादसैँ अघिको सोह्र श्राद्धदेखि बडादसैँसम्म धार्मिक पर्यटकको आगमन अत्यधिक हुने मुक्तिनाथ विकास समितिले जनाएको छ ।