काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी छाडेका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।
चुनावी अभियानको क्रममा रुपन्देही आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
नाउपा नेता चौधरी ०७९ मा सो क्षेत्रका उम्मेदवार थिए । त्यतिबेला उनले १३ हजार ९९२ मत प्रप्त गरेका थिए ।
राप्रपाबाट यस क्षेत्रमा स्वर्गीय दीपक बोहोराका छोरा प्रज्वल बोहोरा उमेदवार छन् ।







