२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको मर्मबमोजिम शासन व्यवस्था सञ्चालनमा ध्यान दिनुपर्नेमा उपाध्यक्ष घिमिरेको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान दिनुपर्नेमा जोड दिएकी छन् । उनले प्रजातन्त्र दिवस–२०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र दिवसले त्यस कार्यमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।

उपाध्यक्ष घिमिरेले नागरिकका आधारभूत मौलिक हक तथा मानव अधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी उल्लेख गरेकी छन् । उनले प्रजातन्त्रमा नागरिकले निर्वाचनमार्फत आफ्ना अभिमत व्यक्त गर्ने भएकाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट देशले अझै सुदृढ लोकतन्त्र र जनताको जनजीविकाको सवालमा खरो उत्रन सक्ने नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छन् ।

उपाध्यक्ष घिमिरेले भनेकी छन्, “कतिपय अवस्थामा निर्वाचनबाट नै तानाशाहको जन्म हुन सक्ने खतरा पनि उत्तिकै रहेको हुन्छ । यस पटक जनताले त्यस्तो अवस्था आउन नदिनतर्फ आफूलाई सतर्क राख्नुपर्छ ।”

उनले १०४ वर्षे लामो निरङ्कुश तथा तानाशाही राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण पनि गरेकी छन् । लामो संघर्ष, त्याग र बलिदानको फलस्वरुप विसं २००७ फागुन ७ गते राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएसँगै सोही दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । नेपाली जनताको लोकतन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छा शक्तिकै कारण संविधानमार्फत जनतामा निहित सार्वभौमसत्ता, स्वायत्तता र स्वशासनको अधिकार प्राप्त भएको उपाध्यक्ष घिमिरेले स्मरण गरेकी छन् ।

प्रजातन्त्र प्राप्तिको मार्गदर्शनमा वर्तमान संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका जस्ता आधारभूत विशेषतालाई अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको पनि उपाध्यक्ष घिमिरेको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, “प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक व्यवहारलाई आत्मसात् गर्ने प्रेरणा सबैमा दिनेछ भन्ने विश्वास व्यक्त गर्दै पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु ।”