काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आसन्न प्रतिनिधि सभा निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउनु प्रदेश सरकार मातहतका निकायको पनि दायित्व रहेको बताएका छन् ।
मुख्यमन्त्री शाहले मंगलबार प्रदेश सरकारका मन्त्री, कर्मचारी नेतृत्व र प्रदेशस्थित चार वटै सुरक्षा निकायका प्रमुखसँग बैठक बसेर निर्वाचन सफल बनाउन भूमिका खेल्न निर्देशन दिएका हुन् ।
‘निर्वाचन सफल रूपमा सम्पन्न गराउनु प्रदेश सरकारको समेत जिम्मेवारी हुन्छ । त्यसै सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,’ बैठकमा मुख्यमन्त्री शाहले भने, ‘संघीय सरकारले निर्वाचन गराउन राज्यका सबै संयन्त्र परिचालन गरिसकेको अवस्थामा प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग गरौँ ।’
बैठकले फागुन ७ गतेको प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय पनि गरेको छ । प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्री शाहको अध्यक्षतामा समिति गठन गरिएको छ ।
काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण रुद्ध भएको छ ।
श्रीलंकास्थित पल्लेकेले मैदानमा वर्षाका कारण टस समेत हुन नसकी खेल रुद्ध भएको हो । योसँगै अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ । टोली २००९ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो ।
योसँगै जिम्बाब्वेले सुपर एटमा स्थान बनाएको छ । यस समूह ‘बी’बाट आयोजक श्रीलंका र जिम्बाब्वेले सुपर एटमा स्थान बनाए ।







