२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“द भ्वाइस अफ नेपाल सिजन-७” को उपाधि दैलेखकी नीताकुमारी थापा मगरले जितिन्

अ+ अ-

काठमाडौँ । लोकप्रिय गायन रियालिटी कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’ सिजन-७ को उपाधि दैलेखकी नीताकुमारी थापा मगरले जितेकी छन् । यससँगै उनी कार्यक्रमको इतिहासमा पहिलो महिला विजेता पनि बनेकी हुन् ।

शनिवार सम्पन्न सातौँ सिजनको ग्रान्ड फिनालेमा सञ्जीता दुरा थर्ड रनर-अप बनेकी छन् । उनी टिम मेलिनाबाट प्रतिस्पर्धामा थिइन् । यसैगरी, सेकेण्ड रनर–अपमा टिम प्रमोदबाट पुनम गुरुङ रहिन् भने टिम राजुबाट नीताकुमारी थापा मगर विजेता बनेकी हुन् ।

ग्रान्ड फिनालेमा उत्कृष्ट प्रतिस्पर्धीहरूमध्ये नीताकुमारी थापा मगरले सर्वाधिक भोट तथा मूल्यांकन प्राप्त गरी च्याम्पियनको उपाधि हात पारेकी हुन् ।

फाइनल चरणसम्म पुगेका प्रतियोगीहरूमा सागर संसार राई, पुनम गुरुङ र सञ्जीता दुरा लगायतका कलाकार थिए, जसले दर्शकमाझ मनमोहक प्रस्तुति दिएका थिए ।

थापा मगरको प्रस्तुति तथा गीत चयनले निर्णायक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाएको थियो, जसले उनलाई उपाधितर्फ अग्रसर गराएको जनाइएको छ ।