२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘श्री बुकुरो’, ‘बिगुल’ र ‘शिवांश’ आजबाट प्रदर्शनमा

अ+ अ-

काठमाडौँ । आज एकै दिन तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएका हुन् । 

‘श्री बुकुरो : द होम कलिङ’लाई सुदीप भुपाल सिंह, ‘बिगुल’लाई रमेश कोइराला र ‘शिवांश : च्याप्टर १’लाई सन्तोषकुमार आत्रेयले निर्देशन गरेका छन् । 

‘श्री बुकुरो : द होम कलिङ’मा मुख्य कलाकार आर्शीवाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, लय संग्रौला, मोहन निरौलालगायतको अभिनय रहेको छ । 

निर्देशक सिंह स्वयंको लेखन रहेको चलचित्रलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । यो चलचित्र पारिवारिक कथामा आधारित छ । 

पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठको छ । चन्दन दत्त र परिच्छेद सेनको सम्पादन तथा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन छ । 

यस्तै, ‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर वाङदेल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रवीन्द्र खड्कालगायतको अभिनय छ । 

यो चलचित्रमा देशको वर्तमान राजनैतिक अवस्था र नेपालीको जनभावना समेटिएको छ । चलचित्रमा शिव ढकालको छायांकन र तारा थापा किम्भेको सम्पादन छ । 

यस्तैगरी, शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको चलचित्र ‘शिवांश : च्याप्टर १’मा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् भने स्क्रिनप्ले बारत लिम्बूको छ । अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन छ ।