काठमाडौँ । लागू औषध (गाँजा) मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई गुल्मी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला धादिङ गजुरी गाउँपालिका-८ बस्ने २५ वर्षीय डिल बहादुर डिमडुङलाई इलाका प्रहरी कार्यालय रिडी, गुल्मीले रुरु गाउँपालिका-२ रुद्रबेनीबाट नियन्त्रणमा लिएको हो ।
उनलाई १ वर्ष ३ महिना २९ दिन कैद र ५ हजार ४ सय रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट पक्राउ परेका डिमडुङ अदालतमार्फत कास्की जिल्ला कारागारमा थुनामा रहेका थिए ।
जेन जेड आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार भई रुद्रबेनी क्षेत्रमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।







