२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसप्रतिको समर्थनलाई मतमा रूपान्तरण गर्न गगन थापाको अपिल

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीप्रति व्यक्त भएको विश्वासलाई आगामी निर्वाचनमा मतका रूपमा अभिव्यक्त गर्न आग्रह गरेका छन् ।

मंगलबार सुनसरी-२ अन्तर्गत झुम्कामा आयोजित भेटघाट तथा भेलामा उनले पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो अपिल गरेका हुन् ।

थापाले यस क्षेत्रबाट काँग्रेसका उम्मेदवार राजीव कोइरालालाई विजयी गराउन सहयोग गर्न आग्रह गर्दै जनताले काँग्रेस र नेतृत्वप्रति देखाएको भरोसालाई व्यवहारिक समर्थनमा बदल्नुपर्ने बताए । उनले आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने दायित्व स्वीकार गर्दै त्यसका लागि अवसर दिन अनुरोध गरे ।

कार्यकर्तालाई जनस्तरसम्म पुगेर काँग्रेसले गरेका काम र पूरा भएका प्रतिबद्धताबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले पार्टीले विगतका कमजोरी सच्याउँदै नयाँ ढंगले अघि बढेको दाबी गरे । काँग्रेस परिवर्तनसहित जनअपेक्षा अनुसार अघि बढिरहेको सन्देश जनतासमक्ष पुर्‍याउन उनले जोड दिए ।

उनले निर्वाचन आचारसंहिताका कारण विस्तृत धारणा सार्वजनिक गर्न सहज अवस्था नरहे पनि सुधारिएको काँग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर तथ्य र आधारका साथ काम गर्नुपर्ने उल्लेख गरेका छन् ।