काठमाडौँ । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले राष्ट्र र राष्ट्रियता जोगाउन एमालेको सरकार आवश्यक रहेको बताएका छन्।
प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित अक्षयकोष स्थापना, पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रममा उपमहासचिव भट्टले यस्तो बताएका हुन् ।
आसन्न निर्वाचनमा एमालेलाई जिताउन आह्वान गर्दै उनले भने, ‘राष्ट्रियता जोगाउन एमालेको सरकार आवश्यक छ। आसन्न निर्वाचनमा एमालेलाई जिताऔँ ।’
देशमा स्थायित्वका लागि पार्टीले नचाहँदानचाहँदै निर्वाचन स्वीकार गरेको स्पष्ट जिकिर गरे । भट्टले राजनीतिक दर्शनविना संस्कृतिलाई सधैँका लागि ध्वंस गर्ने शक्तिहरू भए पनि त्यसबाट देश निर्माण सम्भव नहुने बताए ।
कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका भट्टले ‘गुगल हेरेर बोल्ने’ भन्दा भूगोल र जनताको मनोविज्ञान बुझ्ने नेता आवश्यक रहेको उल्लेख गरे । आफूले रेखांकन गरेका विकास आयोजना पूरा गर्न पुनः उम्मेदवार बनेको उनले बताए ।







