२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेपालद्वारा पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै आठ नेता निष्कासन

अ+ अ-

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै आठ जना नेतामाथि कारबाही गरेको छ।

पार्टीले दिएको जानकारीअनुसार प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीको नीति, निर्णय र विधान विपरीत गतिविधि गरेको भन्दै पूर्वमन्त्री प्रदीप यादवसहित आठ नेतालाई पार्टी सदस्यताबाट निष्कासन गरिएको हो। यादव पार्टी परित्याग गरी नेकपा (एमाले) बाट उम्मेदवार बनेपछि कारबाहीको निर्णय गरिएको जनाइएको छ।

निष्कासनमा पर्ने नेताहरूमा प्रदीप यादवका साथै चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नबल किशोर सिंह र डा. शिवजी यादव रहेका छन्।

जसपा नेपालका अनुसार प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दिनु, पार्टी हितविपरीत गतिविधि गर्नु तथा पार्टी अनुशासन र विधानको उल्लंघन गर्नु कारबाहीको आधार बनेको हो। पार्टीले यस्ता कार्य संगठनात्मक मूल्य र निर्णय विपरीत भएकाले निष्कासनको कदम चालिएको जनाएको छ।