२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-६ मा उठेका ‘विप्लव’को पार्टीका उम्मेदवार नेकपामा प्रवेश

अ+ अ-

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवम् विद्यार्थी संगठनका पूर्व अध्यक्ष चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

उनीसँगै ‘विप्लव’ माओवादीको विद्यार्थी संगठन अखिल (समाजवादी)का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायतलाई लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक ‘प्रचण्ड’ले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा औपचारिक रूपमा प्रवेश गराएका छन् । ढकालसँगै ‘विप्लव नेतृत्व’को नेकपाबाट आठ जना केन्द्रीय सदस्य नेकपा प्रवेश गरेको जनाइएको छ ।

ढकाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फका उम्मेदवार समेत हुन् । उनी अधिवक्ता समेत रहेका छन् ।

ढकाल पछिल्लो समय ‘विप्लव’ तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का विश्वास पात्र थिए । विप्लव नेतृत्वको नेकपा (माओवादी) निर्वाचन आयोगमा दर्ता गराउने, निर्वाचन प्रयोजनका लागि दर्ता गराउने तथा समानुपातिकको बन्द सूची पेस गर्ने कार्यमा ढकाल नै संलग्न थिए। महासचिव ‘विप्लव’ले ढकाललाई नै पार्टी महत्त्वपूर्ण काम गर्नका लागि अख्तियारी दिँदै आएका थिए ।