२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटा खुल्ला ढोका

अ+ अ-

तिमी आफैलाई
अजेय ठान्छौ भने पनि
अभेद्य मान्छौ भने पनि
तिम्रा कवचहरू
तिम्रा पर्खालहरू
अझै बलिया बनाऊ बरु
सबै ढोका बन्द गर बरु
तर 
मर्ने ढोका खुल्लै राख।

संसार सबै तिम्रो मुठ्ठीमै भए पनि
मुठ्ठी बाँधिरहन सकिने छैन
एक दिन थाक्ने छौ मुठ्ठी कस्दाकस्दा
त्यो थकाइको अन्तिम र मीठो विश्रान्ति
मृत्युको काख नै हुनेछ।
जब तिम्रा प्रियहरू सकिँदै जानेछन्
जब तिम्रा महलहरू मक्किँदै जानेछन्
जब तिम्रो जिभ्रो
अघाउने छ, संसारका सबै स्वादहरूबाट
जब तिम्रो मुटु
अप्रभावित हुनेछ-सबै दुःख र खुसीहरूसँग
तिमी मिच्छिने छौ पट्यारलाग्दा
सूर्योदय र सूर्यास्तहरूसँग
हिउँद, बादल र प्रचण्ड घामहरूसँग
एक दिन विरक्त लाग्न थाल्नेछ
चराहरूको गीत
एक दिन झिँजो लाग्न थाल्नेछ
बच्चाहरूको किलकारी आवाज
जब थाक्नेछौ सबै
मनोरञ्जनका साधनबाट
तिमीलाई हिँडू हिँडू लाग्नेछ कतै
हो त्यो बाटो हो-मृत्युको बाटो।

महाशय,
कहिले आत्तिएर
कहिले मात्तिएर
किन भनिरहेछौँ
म बाहेक
मैले बाहेक 
मेरो बाहेक
ममा बाहेक
केही हुनै हुँदैन
याद गर-
जसरी फरक हुन्छ ताप
हरेको दिनको सूर्यकिरणको
जसरी बदलिरहन्छ कला
प्रत्येक साँझ उदाउने चन्द्रमाको
जीवन यदि बन्न नदिने भए-
रसविहीन, तापविहीन, कलाविहीन
प्रत्येक परिवर्तनलाई
हाँसी हाँसी अङ्कमाल गर
ठडिएरै भाँचिनु भन्दा
निहुरिएर बाँच्नु राम्रो हो
अग्लो छु भन्दैमा
मर्नु हुँदैन-
ढोकाको निलमा ठोकिएर
खुला राख महाशय,
बगैँचामा उडेका पुतली हेर्ने
उज्यालो छिर्ने आँखीझ्यालहरू।