२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छ’ : प्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छिन्।

मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको सन्दर्भमा जारी सन्देशमा प्रधानमन्त्री कार्कीले तोकिएको समय सीमाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल तथा उम्मेदवारप्रति आभार व्यक्त गरेकी छिन्। उनले निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरण भएको उल्लेख गर्दै यस प्रक्रियामा देखिएको सक्रियताले लोकतन्त्रप्रतिको जनविश्वास प्रस्ट भएको बताइन्।

प्रधानमन्त्रीका अनुसार १६५ पदका लागि तीन हजार चार सयभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता हुनु लोकतान्त्रिक प्रणालीप्रति नागरिकको विश्वास र सहभागिताको संकेत हो। निर्वाचन प्रक्रियामा देखिएको उत्साहले राजनीतिक क्षेत्रसँगै निजी क्षेत्र र समग्र अर्थतन्त्रमा पनि सकारात्मक ऊर्जा प्रवाह गरेको उनको भनाइ छ।

सुरक्षा व्यवस्थाबारे प्रधानमन्त्री कार्कीले कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पारेकी छिन्। सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको उल्लेख गर्दै उनले निर्वाचनलाई सुरक्षित र विश्वसनीय ढङ्गले सम्पन्न गरिने विश्वास व्यक्त गरिन्।

सन्देशमा प्रधानमन्त्रीले निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरिरहेको निर्वाचन आयोगप्रति सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेकी छिन्। साथै, निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दै सबै नागरिकलाई संयमित र सक्रिय सहभागिताका लागि अपिल गरेकी छिन्।