२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

अ+ अ-

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित निर्माण भइरहेको प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत र आर्थिक प्रगति ५४ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको प्रशासनिक सेवा एकै स्थानबाट प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८०/८१ बाट भवन निर्माण सुरु गरिएको हो । भवन निर्माणमा गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लगानी रहेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार संरचनागत काम अधिकांश सम्पन्न भइसकेको छ । प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको छ र बाँकी काम पनि सम्झौता अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य छ ।

गाउँपालिका अध्यक्ष किरण राईले प्रशासनिक भवनको कुल लागत रु छ करोड ८० लाख रहेको जानकारी दिनुभयो । चारतले उक्त भवनमा २४ वटा प्रशासनिक कोठा र १६ वटा व्यावसायिक सटर निर्माण गरिएको छ । सटर सञ्चालनबाट गाउँपालिकालाई आन्तरिक आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ ।

नयाँ भवन निर्माणपछि हाल अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएका प्रशासनिक सेवा एउटै छानामुनि ल्याइनेछ । यसले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । साथै कर्मचारीलाई पनि सुरक्षित र व्यवस्थित कार्य वातावरण उपलब्ध हुनेछ ।

भवन निर्माणको सम्झौता अवधि २०८३ साल असार मसान्तसम्म रहेकाले निर्धारित समयभित्रै काम सम्पन्न गर्नेगरी निर्माणकार्यलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्दै सुशासन प्रवर्द्धनमा नयाँ प्रशासनिक भवनले महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।