१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगातारको अविरल वर्षासँगै देशभर जनधनको क्षति, जनजीवन प्रभावित

अ+ अ-

काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

घर भत्कँदा सुत्केरी र शिशुसहित तीन जनाको मृत्यु
लगातारको वर्षाले घर भत्किँदा रोल्पामा एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । वर्षापछि घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा तीन जनाको ज्यान गएको हो ।

पहिरोमा पुरिई ज्यान गुमाउनेमा दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका–५ स्थित सैबाङ गाउँका २२ वर्षकी सुत्केरी कमला बि क र १८ दिने छोरी आयुषा र छिमेकीकी १५ वर्षीया चित्रा विक रहेको प्रहरीले जनाएको छ ।

बाँकेमा दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध
लगातारको वर्षाले बाँकेको जेठी नालामा आएको बाढीले बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका–५ का ३५ वर्षिय लोकबहादुर सुनारलाई बगाएको छ ।

बैजनाथ गाउँपालिका बनकटजास्थित जेठी खोला तर्ने क्रममा बाढीले बगाएको हो । वर्षाका कारण नेपालगन्जका आधा दर्जन स्थानहरु जलमग्न भएका छन् ।

कैलालीमा एकको मृत्यु, सय घर डुबानमा
कैलालीको भजनी नगरपालिका लगायत दक्षिणी पूर्वी क्षेत्र डुबानमा पर्दा सय बढी घरपरिवार बिस्थापित भएका छन् भने बर्षाले घर भत्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ९ की ६५ वर्षीया झुना राना रहेको प्रहरीले जनाएको छ ।

भजनी२, ५ र ६ मा पर्ने थापापुर र लालबोझीका एक सय बढी परिवार बिस्थापित भएका छन्। वर्षा नरोकिएकाले बिस्थापित परिवारको संख्या बढ्ने अनुमान गरिएको छ। नदीको सतह नाघेर पानीले बस्ती र खेत जलमग्न भएका छन् ।

धादिङको कृष्णभीरमा पहिरोले जिप पुर्यो
कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङमा पहिरोले पुरिएको लु १ ख २३४३ नम्बरको जीप प्रहरीको टोलीले उद्धार गरेको छ ।

वीरगञ्ज जलमग्न
वर्षाले वीरगञ्ज शहरका आधा दर्जन भूभागहरु जलमग्न भएका छन् । श्रीपुर, नगवा, रामगढवा पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय, आदर्शनगर क्षेत्र, नारायणी अस्पताल, नगवा, रामगढवा गायतका नगर क्षेत्रहरु डुबानमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस