२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सय किलोवाट विद्युत् उत्पादन हुँदै

अ+ अ-

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदैछ ।

त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा झण्डै आठ करोडको लगानीमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

‘रुकुम उज्यालो कार्यक्रम’ अन्तर्गत सिम्रुतुखोला जलविद्युत् सहकारी संस्थाले विद्युत् उत्पादन गर्न लागेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पाँच करोड, स्थानीयवासीको दुई करोड र सिभिल बैंकको एक करोड ऋणमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

अहिलेसम्म आयोजना निर्माणको काम करीब ६० प्रतिशत सम्पन्न भएको छ । नहर निर्माणको काम ९० प्रतिशत सकिएको सहकारीका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिए । आयोजना निर्माणको प्राविधिक जिम्मा गौरा कन्सट्रक्सन र हाइड्रो इनर्जीले लिएका छन् । डेढ वर्षमा काम सम्पन्न गर्ने गरी २०७३ साल माघमा सम्झौता भएको थियो ।

असार मसान्तसम्म काम सक्नुपर्नेछ । विद्युत् उत्पादनका लागि यहाँका एक हजार ७६ घरधुरीले प्रतिपरिवार १५ हजारदेखि ३० हजारसम्म रकम उठाएका थिए । आयोजना निर्माण भए दुई हजार २०० घरधुरी लाभान्वित हुनेछन् । त्रिवेणी गाउँपालिका–१, २, ५, ६ र ७ तथा मुसिकोट नगरपालिका–११ र १२ का नागरिक लाभान्वित हुनेछन् । रासस