२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका क्रममा फरार पाँच कैदी पक्राउ

अ+ अ-

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादी तथा जेन जेड आन्दोलनको क्रममा कारागार तोडफोड गरी फरार भएका पाँच जना कैदी तथा थुनुवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट खोजतलास गरी फरार प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीलाई लगत कट्टा प्रयोजनका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तथा कैद भुक्तान गर्नुपर्ने कैदीलाई जिल्ला कारागारमा बुझाइएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ पर्नेमा व्यास नगरपालिका–८ बस्ने ५२ वर्षीय शमशेर कुमाल रहेका छन् । उनीमाथि जबरर्जस्ती चोरी मुद्दामा जिल्ला अदालतको लगत नं ५८१ अनुसार रु ४७ हजार ८५० जरिवाना तोकिएको थियो । धरौटी तिर्न नसकेपछि निजलाई कारागार चलान गरिएको थियो ।

त्यसैगरी बन्दीपुर गाउँपालिका–४ का ३४ वर्षीय आशिष कायस्थ लागुऔषध मुद्दामा पक्राउ परेका छन् । कायस्थ रु. २७ हजार जरिवाना तिरेर छुटेका छन् । घिरिङ गाउँपालिका–१ बस्ने २७ वर्षीया प्रितिमाया थापा बहुविवाह मुद्दामा पक्राउ परेकी छन् । उनलाई ११ महिना १३ दिन कैदसहित रु १० हजार जरिवाना तोकिएको छ । निजलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

 यसैगरी जेन जेड आन्दोलनका क्रममा कारागार तोडफोड गरी फरार भएका म्याग्दे गाउँपालिका–१ बस्ने ४९ वर्षीय सीताराम कामी र शुक्लागण्डकी नगरपालिका–२ बस्ने २२ वर्षीय अनमोल रिमाललाई पक्राउ गरिएको प्रनाउ विकले बताए । उनका अनुसार पक्राउ परेका कैदी तथा थुनुवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि जिल्ला कारागारमा बुझाइएको छ ।