२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खरबारी सुन्तला बगैँचामा परिणत

अ+ अ-

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रूपान्तरण गरिएको हो । सुन्तला खेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ ।

अगुवा किसान ओम गिरीले विगतमा खाद्यबाली लगाउने र पशुका लागि खरघाँस पाइने खरबारी रहेको पाखोमा स्थापना गरेको सुन्तलाले उत्पादन दिन थालेपछि अवस्था फेरिएको बताए । “पाँच सय सुन्तलाका बोट भएको मेरो बगैँचाबाट यसपालि करिब रु ११ लाखको सुन्तला बिक्री भयो”, उनले भने, “पहिले एक पाथी कोदो फल्ने बारीको पाटामा लगाएको सुन्तलाबाट रु एक लाख आम्दानी भयो ।”

गिरीका अनुसार सुन्तलाले बजार पाउन थालेपछि पछिल्लो समय घरवरपरको पाखोमा खरबारीमा झाडी फाडेर पनि बगैँचा विस्तार गर्ने क्रम बढेको छ । भेडाबारीको ४६ रोपनी पाखोबारी सुन्तला बगैँचामा परिणत भएको छ ।

भेडाबारीका तीन घर गिरी दाजुभाइको बगैँचाबाट यसपालि रु २५ लाखको सुन्तला बिक्री हुने अनुमान गरिएको उनले बताए । विसं २०४६ मा स्व रुद्र गिरीले भेडाबारीमा सुन्तला खेती भित्र्याएका थिए । हजुरबुबाले सुरुआत गरेको सुन्तला खेतीलाई उनका तीन भाइ छोरा र नौ भाइ नातिहरूले पनि निरन्तरता दिएको प्रेम गिरीले बताए ।

“अरु ठाउँमा बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिएर झाडीमा परिणत भइरहेको अवस्थामा हामी पेसा, व्यवसायका लागि बजार झरेका छौँ । विदेशमा भए पनि सुन्तला खेतीलाई निरन्तरतासँगै विस्तार पनि गरेका छौँ”, उनले भने, “नगदेबाली भएकाले बजारमा हुनेले फुर्सदको समयमा घरमा पुगेर श्रम गर्छौं, विदेशमा भएका दाजु, भाइले मजदुर लगाएर बगैँचा व्यवस्थापन र हेरचाह गर्नुभएको छ ।”

समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइमा पूर्व फर्किएको भिरालो पाखो भएको भेडाबारीको भूगोल, माटो र जमिन सुन्तलाखेतीका लागि उपयुक्त छ । सडक सुविधा विस्तारसँगै भेडाबारीको छिमेकी भोर्लेनी टोलका बासिन्दाले पनि सुन्तला खेती विस्तार गरेका छन् । भोर्लेनीका किसानले स्थापना गरेको नयाँ बगैँचामा लगाएको सुन्तलाका बोटमा पनि फल लाग्न थालेको छ ।

विसं २०७३ मा भोर्लेनी र भेडाबारीलाई ‘सुन्तलाबारी’ घोषणा गरेर सुन्तला खेती विस्तार अभियान चलाइएको प्रेमले बताए । सुन्तलाखेतीबाट विगतमा दैनिक गुजारा चलाउन पनि कठिन हुने आफूहरूको जीवनस्तरमा अहिले धेरै परिवर्तन आएको उनको अनुभव छ ।

मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पोक हुँदै भोर्लेनी र भेडाबारी जोड्ने कच्ची सडक छ । सिँचाइका लागि पानीको स्रोत पर्याप्त छ । मङ्गला गाउँपालिकाको कृषि विकास शाखा र बेनीको कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरेका छन् ।

गाउँमै गाडी पुग्ने भएपछि सुन्तलाको बजारीकरणमा सहज भएको छ । यस वर्ष प्रतिकिलो रु ७० का दरले त्यहाँको सुन्तला बगैँचा रोल्पाका फलफूल व्यवसायी बास्कर बुढाले ठेक्का लिए । स्वादिलो र रसिलो हुने भएकाले भेडाबारीको सुन्तला बिक्रीमा समस्या नभएको व्यवसायी बुढाले बताए ।