२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकाकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपत्काल घोषणा

अ+ अ-

एएफपी । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपत्कालको घोषणा गरेका छन् ।   

घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपत्कालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्दछ । आपत्काल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राखेको जनाइएको छ ।  

यसैबीच श्रीलंकाली प्रहरीले प्रहरी महानिरीक्षक (आइजीपी) को प्रत्यक्ष पर्यवेक्षणमा प्रहरी मुख्यालयमा विशेष अपरेसन युनिट स्थापना गरेको बताएको छ । युनिटले सार्वजनिक सहायताका लागि समर्पित ल्यान्डलाइन र ह्वाट्सएप हटलाइनहरू खोलेको जनाएको छ ।

राष्ट्रव्यापी प्रहरी अधिकारीहरूलाई उनीहरूको डिभिजन भित्र मौसम–सम्बन्धित आपतकालिन व्यवस्थापन गर्न द्रुत–प्रतिक्रिया टोलीहरूमा नियुक्त गरिएको छ । डुंगा, ड्राइभिङ उपकरण र अन्य उद्धार उपकरणहरू तत्काल तैनातीका लागि तयार छन् । विपद् व्यवस्थापन केन्द्र, सशस्त्र बल र अन्य एजेन्सीहरूलाई संयुक्त आपत्कालीन अपरेसनमा एकीकृत गरिएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारका घर र सम्पत्तिहरूको सुरक्षाका लागि थप सुरक्षा उपायहरू लागु गरिएको अधिकारीहरूले बताएका छन् । अस्थायी आश्रयमा बसोबास गर्ने मानिसहरूको सुरक्षा सुनिश्चित गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

यसैबीच, अध्यागमन तथा आप्रवासन विभागले उडान रद्द र मौसम सम्बन्धी यात्रामा अवरोधका कारण फसेका विदेशी नागरिकहरूका लागि विशेष भिसा सुविधा उपायहरू सुरु गरेको छ । नोभेम्बर– २८  पछि प्रस्थान गर्न असमर्थ यात्रुहरूलाई भिसा विस्तार शुल्क र पेनाल्टी छुट दिइनेछ । पर्यटक, व्यापार र निवास भिसा भएकाहरूलाई समय थप गर्न सात दिनको अवधि प्रदान गरिएको छ ।

विभागले अल्पकालीन रूपमा भिसा अवधि अनलाइन बाटै थप गर्न सकिने र थप अद्यावधिकहरू जारी गरिने बताएको छ ।