काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षीय नेताहरू आगामी प्रतिनिधि सभा निर्वाचनपछि मात्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने पुरानै अडानमा देखिएका छन् ।
सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहमतिको प्रयासमा रहेका बेला संस्थापन पक्षीय नेताहरूले पुरानै अडान दोहोर्याएका हुन् ।
नयाँ बानेश्वरको आनन्दभूमि इभेन्ट्समा शुक्रबार बसेको संस्थापन पक्षीय भेलाले २१ फागुनपछि मात्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको नेताहरूले बताए ।
बैठकमा सहभागी अर्का नेताले पनि आफूहरूको पुरानो अडान यथावत रहेको प्रतिक्रिया दिएका छन् ।
शीर्ष नेताहरूसहित बसेको भेलाले अब बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय कार्यसमितिको म्याद थप गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ ।







