२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“पद बदलिन्छ, राष्ट्रप्रतिको कर्तव्य कहिल्यै समाप्त हुँदैन” मुख्यसचिव एकनारायण अर्याल

अ+ अ-

मुख्य सचिव एकनारायण अर्यालले ३५ वर्षे सेवायात्रा समेट्दै विदाइ सम्बोधनमा सुधार, सुशासन र नागरिकविश्वासलाई प्रशासनको मेरुदण्ड बताउँदै पद बदलिए पनि राष्ट्रसेवाको कर्तव्य कहिल्यै समाप्त नहुने अटल प्रतिवद्धता व्यक्त गरे।

काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवायात्रापछि नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आज सम्मानजनक विदाइ लिँदै आफ्नो जीवनभरको प्रशासनिक अनुभव, चुनौती र सुधारका प्रतिबद्धताको विस्तृत समीक्षा गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री, सचिवहरू, सहकर्मी र सञ्चारकर्मीहरूको उपस्थितिमाझ उनले “विश्वास, इमान र साहस” नै राज्य प्रशासनको आधारस्तम्भ भएको स्पष्ट सन्देश दिए ।

नायब सुब्बाबाट मुख्य सचिवसम्म : ३५ वर्षे यात्राको आत्मसम्पादन
मुख्यसचिव अर्यालले आफ्नो सेवायात्रा २०४६ माघ ४ मा नायब सुब्बाका रूपमा सुरु भएको स्मरण गर्दै आजको क्षण “भावुक, गर्विलो र जीवनको निर्णायक मोड” भएको बताए । प्रारम्भिक दिनदेखि नै देश र नागरिकप्रतिको इमानदार प्रतिबद्धता कभगभिक प्रेरणा रहेको उल्लेख गर्दै उनले सेवा अवधिभर हरेक जिम्मेवारी सीमाभित्र रहेर निष्ठापूर्वक पूरा गरेको दाबी गरे ।

काठमाडौँ र विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा संवेदनशील सुरक्षा परिस्थितिको व्यवस्थापन, संविधानसभा निर्वाचनदेखि २०७२ को विनाशकारी भूकम्प व्यवस्थापन, अप्रत्याशित नाकाबन्दी, संविधान घोषणाजस्ता राष्ट्रिय मोडहरूमा उनको भूमिका महत्वपूर्ण रह्यो। परराष्ट्र, व्यापार र आर्थिक कूटनीतिमा सक्रिय सहभागिता, इसिटिएस प्रणालीको सुरुवात र काठमाडौँ उपत्यकाको कठिन अवस्थामाझ संयन्त्र चलायमान राख्ने नेतृत्व उनले आफ्नो सेवाको महत्त्वपूर्ण अध्याय बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन, श्रम-रोजगार, गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै मुख्य सचिव बनेका अर्यालले उच्च प्रशासनिक तहमा रहँदा नीति निर्माण, समन्वय र सुधारका दर्जनौं पहललाई अगाडि बढाएको उल्लेख गरे ।

सुधार, समन्वय र सुशासन : नेतृत्वमा रहेका बेला गरेका प्रमुख पहलहरू
अर्यालले आफ्नो कार्यकालका पहिचानयोग्य उपलब्धीहरूलाई समग्र रूपमा प्रस्तुत गर्दै प्रशासनलाई आधुनिक, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रयास आफू नेतृत्व गरेको सबैभन्दा ठूलो अभियान भएको बताए ।

उनका अनुसार, प्रविधिमार्फत सेवा प्रवाह विस्तार, सार्वजनिक प्रशासन सुधार, संघ–प्रदेश–स्थानिय तहबीच समन्वय बलियो बनाउने, विपद् व्यवस्थापन प्रणाली सुदृढीकरण, सुरक्षा संयन्त्र सक्रियता, आर्थिक मितव्ययिता, नीति–कानूनका समसामयिक संशोधन र पोलिसी ल्याबको स्थापना जस्ता कदमहरूले राष्ट्रिय प्रशासनलाई नयाँ दिशातर्फ उन्मुख गरे ।

वैदेशिक रोजगार प्रणाली पूर्ण रूपमा डिजिटलाइजेसन, इमिग्रेशन सेवा सुधार, निजामती अस्पताल विस्तार, सामाजिक सुरक्षा कार्यक्रमको वास्तविक प्रगतिले सेवाग्राहीमैत्री शासन प्रणालीलाई गति दिएको उनले बताए । अनावश्यक निर्देशिका र कार्यविधि खारेजी, प्रशासनिक निर्णय प्रक्रियामा सरलीकरण, नीति र कार्यान्वयनबीचको दूरी कम गर्ने काम, पारदर्शिता र जवाफदेहिता बढाउने अभियान तथा सामूहिकतामा कार्य गर्ने संस्कृतिको विकास– यी सबैलाई उनले सामूहिक टिम-वर्कको नतिजा बताए ।

“प्रशासन चलाउने शक्ति पदमा होइन, विश्वासमा रहेछ भन्ने बुझाइले मेरो सम्पूर्ण सेवायात्रालाई अर्थ दियो,” उनले भने ।

जेन जेड आन्दोलनदेखि संवेदनशील मोडसम्म : ‘चुनौती निर्णयको मापन हो’
भाद्र २३-२४ मा भएको जेन जेड आन्दोलनलाई उनले आफ्नो कार्यकालको सबैभन्दा चुनौतीपूर्ण क्षणका रूपमा स्मरण गरे । राज्य संयन्त्रलाई सक्रिय राख्दै शान्ति व्यवस्थापन, संवेदनशील परिस्थितिमाझ उपलब्ध सूचनाका आधारमा निर्णय, भर्चुअल सचिव बैठक सञ्चालन, राजनीतिक तहसँग निरन्तर समन्वय जस्ता कदमहरूले मुलुकलाई स्थिरतर्फ डोर्याउन मद्दत गरेको उनको कथन थियो ।

उनले जनताले चाहेको परिवर्तन अब स्पष्ट रूपमा प्रतिविम्बित भएको बताउँदै भने -“नागरिकले पारदर्शिता, जवाफदेहिता, कार्यकुशलता, सहज सेवा र राष्ट्रिय गौरव माग्छन् । प्रणाली परिवर्तन हुनुपर्छ, सुधार र अनुकूलन अब अनिवार्य छ ।”

संघीय निजामती सेवा कानूनबारे आफूले खुला बोल्ने हिम्मत गरेको उल्लेख गर्दै उनले प्रशासनिक क्षमतामा कमजोरी ल्याउने व्यवस्थाविरुद्ध आवाज उठाउनु आफ्नो कर्तव्य भएको बता ए। “आलोचना होस् वा प्रशंसा, दुवैलाई सेवाको स्वभाविक चक्रको रूपमा ग्रहण गरेको छु,” उनले भने ।

विदाइपछि पनि राष्ट्रसेवा निरन्तर : “कर्तव्य कहिल्यै समाप्त हुँदैन”
अर्यालले राष्ट्रप्रतिको समर्पण पदसँग सीमित नहुने उल्लेख गर्दै भविष्यमा नेपाल सरकारले आवश्यक ठानेमा आफ्नो ज्ञान, सीप र अनुभव राष्ट्रहितमै प्रयोग गर्न सधै तयार रहने बताए ।

उनले निजामती सेवाको भविष्यप्रति भरोसा व्यक्त गर्दै भने-“निजामती सेवा देशको निरन्तरता हो, स्थिरता हो, संस्थागत स्मृति हो । सुधारको साहस, न्यायोचितता, संवेदनशीलता र दृढता जोगाएमा राज्य बलियो बन्छ ।”

कार्यक्रमको अन्त्यमा उनले प्रधानमन्त्री, सचिवहरू, सहकर्मी, आलोचक तथा सुझाव दिने सबैप्रति आभार व्यक्त गर्दै आफ्नो कार्यकालको सबै उपलब्धि सामूहिक प्रयास, दृढ अठोट र टिम-वर्कको परिणाम भएको बताए ।

“म जस्तै आगामी नेतृत्वले पनि जनताको विश्वास जित्नेछ भन्ने पूर्ण आशा छ,” उनले भने ।