२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेश बस्नेतको चेतावनी : ‘अराजकता र आपराधिक गतिविधि स्वीकार्य छैन’

अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री एवम् एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य नहुने बताएका छन्।

सुनसरीमा आयोजित राष्ट्रिय युवा संघको कोशी जागरण सभामा सहभागी हुन गइरहेका बेला लोला हानेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले लोकतन्त्रमा विरोधको पनि मर्यादा हुने बताएका हुन् ।

उनले विराटनगर विमानस्थलमा आफूमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय भएको बताए। शान्तिपूर्ण सभा-जुलुस र देशभर स्वतन्त्र रूपमा आवत-जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने उनको भनाई छ।

उनले विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्ने धारणा राखे । ‘लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा-जुलुस र देशभर स्वतन्त्र रूपमा आवत-जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन। प्रहरीको तत्परताप्रति धन्यवाद।’ बस्नेतले भने, ‘हिंसा होइन-विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ। अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।’

बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु भएको उनको भनाई छ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउने बस्नेतको दाबी छ।

उनीमाथि दुर्व्यवहारको प्रयास गर्ने २ जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका-२ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम पक्राउ परेका हुन्। उनीहरूले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए। बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थी रहेको स्रोतको भनाई छ।