काठमाडौँ । कर्णालीका गाउँ-गाउँमा फोरजी सेवा मागेर सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेललाई ज्ञापन पत्र बुझाइएको छ ।
युवा आशिष देवकोटाको नेतृत्वमा गएको टोलीले सञ्चार मन्त्री खरेललाई भेटेर यस्तो माग राखेको हो ।
सरकारले शहरमा फ्रि वाइफाइको प्रचारमुखी कार्यक्रमलाई प्राथमिकता दिएको तर, ग्रामीण भेगलाई बेवास्ता गरेको उनीहरूको भनाइ छ ।
भन्दै कर्णालीको वास्तविक समस्या पहिला सम्बोधन गर्न आग्रह गरेको थियो।
मुगुको सोरु गाउँपालिकाले पनि फोरजी सेवा विस्तारका लागि सरकारसँग सहयोग मागेको छ । युवाहरूले उक्त गाउँपालिकाको पत्र समेत सञ्चार मन्त्री खरेललाई बुझाएका छन् ।
युवाहरूको ज्ञापन पत्र र सोरु गाउँपालिकाको पत्र बुझ्दै सञ्चार मन्त्री खरेलले कर्णाली आफ्नो मुख्य लक्ष्य क्षेत्र रहेको भन्दै फोरजी सेवा विस्तारका लागि तत्काल र दीर्घकालीन पहल थालिने प्रतिवद्धता जनाएका छन् ।







