२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनेभामा सम्पन्न नेपालको तेस्रो व्यापार नीति समीक्षा : ४६ सदस्य राष्ट्रको प्रशंसा

अ+ अ-

स्विट्जरल्यान्ड । स्विट्जरल्यान्डको जेनेभामा मंसिर १ र ३ गते (१७ र १९ नोभेम्बर २०२५) विश्व व्यापार संगठन (डब्लुटिओ) अन्तर्गत नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्पन्न भएको छ। विश्व व्यापार संगठनको माराकेश सम्झौताको अनुसूची ३ अनुसार प्रत्येक सात वर्षमा हुने समीक्षा प्रक्रियाअन्तर्गत नेपालले तेस्रो पटक व्यापार नीतिसम्बन्धी प्रस्तुतिकरण गरेको हो।

समीक्षामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव डा. राम प्रसाद घिमिरेको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो । एक वर्षदेखि जारी तयारीपछि सम्पन्न यस समीक्षामा सचिव डा. घिमिरेले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीप्रति नेपालको दृढ प्रतिबद्धता दोहोर्‍याउँदै समीक्षा अवधिमा भएका कानुनी, नीतिगत तथा संस्थागत सुधारहरू प्रस्तुत गरे।

समीक्षामा विश्व व्यापार संगठनका ४६ सदस्य राष्ट्रहरूको सक्रिय सहभागिता रहेको थियो। सदस्य राष्ट्रहरूले बहुपक्षीय व्यापार प्रणालीमा नेपालको निरन्तर सक्रियता, व्यापार लागत कमी गर्न उठाइएका कदम, व्यापार विविधीकरणका प्रयास तथा विकासशील मुलुकमा स्तरोन्नतिको तयारीबारे नेपालको योगदानको प्रशंसा गरे।

नेपालले तयारी गरेका दुई मुख्य प्रतिवेदन-सरकारले प्रस्तुत गरेको सरकारी प्रतिवेदन तथा विश्व व्यापार संगठनको सचिवालयले तयार पारेको सचिवालय प्रतिवेदनका आधारमा करिब २० सदस्य राष्ट्रबाट २०० भन्दा बढी लिखित प्रश्नहरू उठाइएका थिए। नेपालले सबै प्रश्नहरूको उत्तर तोकिएको समयमै सचिवालयमा बुझाइसकेको छ।

सचिव डा. घिमिरेले व्यापार तथा लगानीका क्षेत्रमा नीतिगत, कानुनी र प्रक्रियागत सुधारमार्फत लगानीमैत्री वातावरण निर्मित भएको उल्लेख गर्दै व्यापार लागत घटाउने, विविधीकरण गर्ने, लगानी आकर्षण बढाउने तथा स्तरोन्नति प्रक्रियालाई दिगो बनाउन विश्व व्यापार संगठन र सदस्य राष्ट्रहरूको निरन्तर सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे।

उनले तेस्रो समीक्षाको क्रममा प्राप्त सुझाव र प्रतिक्रियालाई आत्मसात् गर्दै आगामी दिनमा नेपालको व्यापार तथा लगानी क्षेत्रका सुधारलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।