काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्त नलीको क्यान्सरबाट ग्रसित देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्युरो अस्पतालमा ५ः३५ बजे निधन भएको हो ।
उनले स्थापना गरेको बाँसबारी न्युरो अस्पतालले उनको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।
२०१० साल पौष ४ गते पण्डित गाउँ, लिगलिग गोर्खामा जन्मिएका देवकोटाको ६५ वर्षको उमेरमा निधन भएको हो ।
डा.देवकोटाको सव मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म न्युरो अस्पताल प्राङ्गणमा राखिने र त्यसपछि दाहसस्कारका लागि पशुपति आर्यघाट लगिने बताइएको छ । देवकोटाका एक श्रीमती र तीन छोरी छन् ।