काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा गर्ने भएको छ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले संयुक्त रूपमा प्रेस नोट जारी गर्दै एकता सभा गर्ने मिति र स्थानबारे जानकारी गराएका हुन्।
प्रदेशस्तरीय एकता सभा मंसिर १२ गते धनगढी, १३ गते देउखुरी, १४ गते पोखरा, १५ गते विराटनगर, १७ गते काठमाडौं, १८ गते सुर्खेत, १९ गते काठमाडौं र २० गते जनकपुरमा कार्यक्रम गर्ने उल्लेख छ।
विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मंसिर २१ गते साँझ ६ बजे भर्चुअल सभा सञ्चालन हुनेछ। मंसिर २६ गते र २९ गते देशभरका सम्पूर्ण स्थानीय तहमा एकसाथ एकता सन्देश सभा गर्ने निर्णय उल्लेख छ।








