२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति भएको ओलीको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति भएको दाबी गरेका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानको राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनको दाबी अनुसार, एमाले फेसबुकमा रित्तो भएको तर घर घरमा रहेको जिकिर गरे ।

‘नेकपा एमालेको एउटा तिरतिरे खोल्सो होइन । यो एउटा महासागर जस्तो संगठन हो । यसमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति छ,’ ओलीको दाबी छ, ‘युवा छैन एमालेसँग भन्छन् नि, अनि को सँग छन् त युवा ? फेसबुकको युवा होइन, घर घरको युवा नेकपा एमालेसँग छ । फेसबुकमा हेर्ने हो भने केही पनि छैन एमालेसँग । रित्तै भइसक्यो एमालेसँग ।’

उनले आफूहरूमा कुनै संकिर्णता नभएको जिकिर गरे भने राष्ट्र निर्माणको महा अभियानमा जुटेको जिकिर गरे ।

‘हामीमा कुनै संकीर्णता छैन । हुन सक्दैन । हामी राष्ट्र निर्माणको महाअभियानमा जुटेका छौँ । अहिले घर फर्क अभियान, राष्ट्रिय शक्ति निर्माण अभियान, नेकपा एमालेमा सामेल हुने अभियानको निष्कर्ष के हो भने नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा परिणत गरौँ । यसले देशलाई सही दिशामा अघि बढाउँछ,’ ओलीको भनाइ छ ।