२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

अ+ अ-

काठमाडौँ । ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको छ ।

पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस-३ का रेशमबहादुर राना रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए । 

उनले भने, “एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको छ ।”

रेशमबहादुर रानासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको विसं २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद (२० वर्ष) सजाय ठहर भई वारदातपश्चात फरार रहेका निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल जेठ १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।

निजलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिआएका प्रहरीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

लुटिएको ‘ग्यास गन’ सहित एक जना पक्राउ

गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा लुटिएको हतियार ‘ग्यास गन’ सहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जानकी गाउँपालिका-१ दुर्गौली घर भई हाल काठमाडौँ महानगरपालिका-३२ सहयोगीनगर बस्ने २९ वर्षीय मनोज ढुंगाना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोलीगट्ठाहरूमध्ये निज ढुंगानाले आफ्नो कोठामा लुकाइ राखेको भन्ने विशेष सूचनाको आधारमा निजलाई पक्राउ गरिएको हो ।”

निजको साथबाट प्रहरीले ११००६०८१ नम्बर भएको कोरियामा बनेको एन्टी रायट गन ३८ मिमी लेखिएको मल्टी ‘ग्यास गन’ एक थान, भीड नियन्त्रणमा प्रयोग हुने ‘लेग गार्ड’ एक थान तथा सामसुङ कम्पनीको मोबाइल एक थान बरामद गरिएको प्रवक्ता आचार्यले बताए ।

आज निजलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।