काठमाडौँ। गुठीचौर गाउँपालिकाले एक वर्षमा ३३ लाख ३९ हजार ४ सय ९० रुपियाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१-८२ मा विभिन्न शीर्षकमा राजश्व संकलन गरेको हो ।
प्याराग्लाईडिङबाट ८ लाख ४४ हजार राजश्व संकलन भएको अध्यक्ष दानबहादुर बुढाले बताए ।
यस्तै, पशु शाखाबाट ७ लाख ८४ हजार ८ सय रुपियाँ संकलन भएको उनको भनाइ छ । मालपोत कार्यालयबाट रजिस्ट्रेसन बापत ३ लाख १३ हजार ९ सय ८१, डोजरबाट ५ लाख ५९ हजार ५ सय र एम्बुलेन्सबाट ८१ हजार ३ सय रुपियाँ राजश्व संकलन भएको हो ।
सबैभन्दा बढी वडा ५ बाट २ लाख ५८ हजार ५ सय ३१ र सबैभन्दा कम वडा १ बाट ८२ हजार ७ सय ३० रुपियाँ राजश्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाले बताए ।
उनका अनुसार वडा २ बाट १ लाख १२ हजार ६ सय ५, वडा नम्बर ३ बाट १ लाख ५३ हजार ६ सय ८५ र वडा नम्बर ४ बाट २ लाख ६८ हजार ७ सय ६० रुपियाँ राजश्व संकलन भएको हो ।
यसैगरी आर्थिक वर्ष २०८२ को कात्तिक १४ गते सम्म ९ लाख ९७ हजार ७ सय ६३ रुपियाँ गुठीचौर गाउँपालिकाले राजश्व संकलन गरेको छ।







