२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाव अघि पार्टीको महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव गरेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार बिहान फोन सम्पर्क मार्फत महामन्त्री शर्माले चार विकल्पहरू सुनाएका हुन् ।

महामन्त्री शर्माले २७ देखि २९ मंसिरसम्म १५ औँ महाधिवेशन गर्न सकिने पहिलो विकल्प अघि सारेका छन् । कार्यसम्पादन समितिको बैठकमा अर्का महामन्त्री गगन थापाले पेश गरेको कार्यतालिका अनुसार नियमित महाधिवेशन गर्ने प्रस्तावलाई पारित गर्नुपर्ने पहिलो विकल्प राखेका छन् । व्यक्तिगत स्वार्थबाट माथि उठेर नियमित महाधिवेशनको कार्यतालिका पारित गर्नुपर्ने उनको राय छ ।

महामन्त्री शर्माले मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर गरिएको अवस्थामा त्यही समयभित्र विशेष महाधिवेशन गर्न सकिने दोस्रो विकल्प देखाएका छन् । विधानको १७ (२) बमोजिम भएको व्यवस्था ‘केन्द्रीय समितिले चाहेमा’ विशेष महाधिवेशन हुन सक्ने भएकाले उक्त निर्णय गर्न सकिने महामन्त्री शर्माले बताएका छन् ।

महामन्त्री शर्माले विधानको सोही धारामा रहेको व्यवस्था अनुसार महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन गर्नुपर्ने तेस्रो विकल्पमा रहेको उल्लेख गरेका छन् ।

यो विकल्पमा पनि सहमति नभए १५ औँ महाधिवेशनका लागि पुस १६ देखि १९ गतेसम्म गर्न सकिने चौथो विकल्प अघि सारेका छन् । संस्थापक नेता बीपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर फर्केको दिनलाई स्मरण गरेर त्यही दिनबाट १५ औँ महाधिवेशन गर्न सकिने शर्माले बताएका छन् ।

केन्द्रीय समितिबाट निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन, महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन गर्नुपर्ने विषय समेत उल्लेख गरेका छन् ।