२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिठ्ठाको नाममा ठगी गर्ने गिरोह पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले चिठ्ठाको नाममा ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा, वीरगन्ज महानगरपालिका वडा नम्बर १८ का १८ वर्षीय अक्षयकुमार चौरसिया, वडा नम्बर १६ का १८ वर्षीय युवराज पासवान, वडा नम्बर १९ का २२ वर्षीय वीरनारायण चौरसिया र वडा नम्बर २ का २२ वर्षीय राहुलकुमार राउत रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले पक्राउ गरेको हो ।

उनीहरूबाट एक लाख पाँच हजार नगद, चार थान मोबाइल, सात थान आइएमई तथा विभिन्न बैंकका भौचरहरू बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, उनीहरूबाटै राहुलकुमार, वीरनारायण, अक्षयकुमारको मतदाता परिचय पत्र र युवराजको नागरिकताको परिचय पत्र बरामद गरिएको छ । चिठ्ठाको नाममा ठगी गर्न उनीहरूले गिरोह सञ्चालन गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जाल (ह्वाटस्अप, इमो, भाइबर र फेसबुक) र मोबाइलमार्फत् विभिन्न व्यक्तिलाई २५/३५ लाख रूपैयाँको चिठ्ठा परेको, बम्पर पुरस्कारमा छनोट भएकोलगायत म्यासेज पठाई चिठ्ठाबाफत नेपाल सरकारलाई रकम तिर्नुपर्ने भन्दै रकम असुल्ने गरेका थिए ।

गिरोहले ती व्यक्तिको बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात समेत पठाउन लगाई आफूले भनेको रकम पठाए मात्रै चिठ्ठाको रकम जम्मा हुने बताएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
सूचनाका आधारमा खटिएको टोलीले सोमबार वीरगन्ज महानगरपालिका– १५, भेडियाहीस्थित गढीमाई मनी ट्रान्सफर अगाडिबाट चार जनालाई पक्राउ गरेको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका मुख्य अभियुक्त वीरनारायण चौरसियाले भारत र पाकिस्तानका गिरोहलाई भारतको रक्सौलबाट प्रतिदिन एक लाख रूपैयाँसम्म बुझाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालमार्फत् कसैले प्रलोभन देखाए सचेत रहन सबैलाई आग्रह पनि गरेको छ ।